Techie IT
२०८३ असोज ११, आइतबार

इनिशाको आज दाहसंस्कार गरिदै


१६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा परिवारले २७ दिनपछि शव बुझ्ने अनुमति पाएका छन्। भेरी पुल नजिकको सम्झिघाटमा बिहीबार उनका दाहसंस्कारको तयारी गरिएको छ।

इनिशा फागुन २३ गते वीरेन्द्रनगर–१ मा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो। प्रारम्भमा घटनालाई शंकास्पद मानिएको भए पनि पछि बलात्कारपछि हत्या भएको निष्कर्ष अनुसार अनुसन्धान अघि बढाइएको थियो।

पोस्टमार्टम रिपोर्ट, डिजिटल प्रमाण र अन्य तथ्य संकलन गर्न समय लागेकाले शव अस्पतालमै राखिएको थियो। कानूनी प्रक्रिया पूरा भएसँगै प्रहरीले परिवारलाई शव बुझ्न सहमति दिएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट