Techie IT
२०८२ श्रावण १४, बुधबार

जनकपुरधाममा धारिलो हतियार प्रहारबाट किशोरीको मृत्यु, दुई घाइते


धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या गरिएको छ । 

घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १४ वर्षीया अञ्चली यादव रहेको मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीले जानकारी दिइन् । घटनामा २६ वर्षीय आशा यादव र राधा यादव घाइते भएका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घटना गएराति करिब ११ बजेतिर भएको हो । प्रहरीका अनुसार हतियार प्रहार गरी आक्रमण गर्ने व्यक्ति फरार छन् । घटनाको अनुसन्धान जारी रहेको र दोषीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट