Techie IT
२०८३ जेष्ठ ८, शुक्रबार

कैलालीमा खैरो हेरोइनसहित दुई जना पक्राउ


कैलालीमा प्रहरीले छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विशेष सूचनाका आधारमा आइतबार लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी गेटाबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–१, बिजौरा स्थित माछा पोखरी नजिक चेकजाँच गर्ने क्रममा से.३ प ५१४१ नम्बरको मोटरसाइकल चालक २७ वर्षीय राजु चौधरीलाई पक्राउ गरेको हो। उनको मोटरसाइकलको भाइजर मुनी टी–गार्डको प्वालभित्र लुकाइ राखिएको अवस्थामा ९ ग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले टीकापुर नगरपालिका–६ नारायणपुर चोकमा पैदल हिँडिरहेका ४१ वर्षीय नारायण डगौरालाई शंका लागि चेकजाँच गर्दा मुखमा लुकाइ राखेको २३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

दुवैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट