Techie IT
२०८२ भाद्र २६, बिहीबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा बन्द


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी सुविधा बन्द गरिएको छ। विमानस्थल कार्यालयले सूचना टाँसेर यसबारे जानकारी गराएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अब सबै यात्रु नियमित मार्गबाटै प्रस्थान र आगमन गर्नुपर्नेछ। असहज परिस्थितिका कारण काठमाडौंसहित विभिन्न सहरमा अलपत्र परेका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्यमा पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले जनाएको छ।

‘यस कदमले अवस्था सामान्यीकरण गर्न सहज हुने अपेक्षा गरिएको छ,’ प्राधिकरण स्रोतले बतायो।

यसैबीच, विमानस्थलमा आज नियमित उडान तथा अवतरण भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट