Techie IT
२०८२ पौष १, मंगलबार

जेनजी आन्दोलनका क्रममा फरार दुई कैदी सुर्खेतमा पक्राउ


जिल्ला प्रहरी कार्यालय सुर्खेतले ‘जेनजी आन्दोलन’ का बेला कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका दुई कैदीलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा एक नाबालक र एक वयस्क रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथोकीका अनुसार बाँकेको नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट बुधबार भागेका रुकुम पश्चिम, आठबिसकोट नगरपालिका–३ का १७ वर्षीय मनिष बिष्टलाई बिहीबार पक्राउ गरिएको हो । उनलाई अहिले सुर्खेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

त्यसैगरी, काठमाडौँको डिल्लीबजार कारागार कार्यालयबाट फरार भएका सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–९ बामेखोलाका ३१ वर्षीय गणेश नेपाली पनि सुर्खेतमै पक्राउ परेका छन् । प्रहरी नायव निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले उनलाई बिहीबार अपरान्ह ४ बजे वीरेन्द्रनगर–६, चाइनापुल नजिकबाट नियन्त्रणमा लिएको हो ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका नेपालीलाई आवश्यक कारबाहीका लागि कारागार कार्यालय सुर्खेत पठाइएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट