Techie IT
२०८२ पौष १, मंगलबार

एसएलआर राइफल लुट्ने दुई जना पक्राउ


धनुषा प्रहरीले भदौ २४ गते साँझ ७ बजे जनकपुरस्थित प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुले कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरीको एसएलआर राइफलसमेत लुटेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, जनकपुर–९ स्थित भाडाको घरमा रहेको आयोगको कार्यालय भित्र प्रवेश गरी चारपाङ्ग्रे गाडी चार थान, मोटरसाइकल चार थान, सीसीटीभी क्यामरा तोडफोड गर्दै आगजनी गर्नेमध्ये ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई नियन्त्रणमा लिइएको छ। उनीहरूले नेपाल प्रहरीले राखेको एसएलआर राइफल र ५० गोली राउन्ड समेत लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

धनुषा प्रहरीले भन्यो, “अनुसन्धानका क्रममा विभिन्न स्थानको फुटेज विश्लेषण गरी अधिकारी र यादव पक्राउ गरिएको हो। उनीहरूको साथबाट एसएलआर राइफल फेला परेको छ। अन्य लुटपाटसम्बन्धी अनुसन्धान जारी छ।”

यस्तै, प्रहरीले मधेश प्रदेश सरकारको मुख्यालय, प्रदेशसभा सचिवालय, जनकपुरधाम उपमहानगरपालिका लगायतका सरकारी कार्यालय र निजी सम्पत्तिमा गरिएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई पहिचान गरी पक्राउ गर्ने काम जारी रहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट