नेपाल प्रहरीमा दुई एआईजीको जिम्मेवारी हेरफेर

नेपाल प्रहरीका दुई जना अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी हेरफेर गरिएको छ। अपराध अनुसन्धान विभागमा कार्यरत एआईजी राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ।
त्यसैगरी, कार्य विभागका प्रमुखका रूपमा कार्यरत एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ।
केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको गृह मन्त्रालयका एक उच्च अधिकृतले जानकारी दिएका छन्।
जेनजी आन्दोलन नियन्त्रणबाहिर जान सक्ने मूल्यांकन गर्दै मानवश्रोत विकास विभागका तत्कालीन एआईजी दान बहादुर कार्कीलाई यसअघि उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको थियो। उनी भदौ २४ गते रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा हाजिर भएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस