ढुङ्गा प्रहार बाट बाजुरामा एक जनाको घटनास्थलमै मृत्यु
बूढीनन्दा नगरपालिका–६ कोटिलामा मदिरा सेवनपछि भएको विवादले हिंसात्मक रूप लिँदा एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार स्थानीय टेकेन्द्र रावत र नीर रावतबीच एक होटलमा मदिरा सेवन गरेपछि विवाद भएको थियो। विवाद चर्किएपछि टेकेन्द्रले प्रहार गरेको ढुङ्गा लाग्दा नीर रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
आज बिहान भएको घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक भाटले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस