Techie IT
२०८३ भाद्र २२, सोमबार

इन्टरपोल दिवसको अवसरमा बाढीका मृतकको सम्झनामा दीप प्रज्वलन


प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा इन्टरपोल दिवसको अवसरमा काठमाडौंको सुन्धारास्थित धरहरा परिसरमा सोमबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। 

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो।

भोटेकोशी बाढी आएको १३ औँ दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी दिवंगत हुनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू एवम् कर्तव्यपालनाको सिलसिलामा जीवन उत्सर्ग गर्नुहुने नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीहरूको स्मृतिमा दीप प्रज्वलन गरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यावहारिक पक्ष र यसको महत्त्व झल्काउने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गर्नुभयो। विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयले अपराध अनुसन्धानमा पुर्‍याउने योगदानबारे सो वृत्तचित्रमार्फत प्रस्ट्याइएको छ।

हरेक वर्ष सेप्टेम्बर ७ तारिखका दिन 'इन्टरनेशनल डे अफ पुलिस कोअपरेसन' (International Day of Police Cooperation) मनाइन्छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो। विभिन्न देशका प्रहरीबीचको सहकार्य, सूचना आदान-प्रदान र समन्वयलाई सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्नु यस दिवसको मुख्य उद्देश्य रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट