Techie IT
२०८२ वैशाख १८, बिहीबार

जबरजस्ती करणीको अभियोगमा दुई जना पक्राउ


File Photo

काठमाडौं । संखुवासभा र कैलालीमा दुई स्थानमा जबरजस्ती करणीको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संखुवासभा, खाँदबारी नगरपालिका-८ बस्ने २५ वर्षीय नवराज कट्टेललाई आइतबार बिहान १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । कट्टेलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी, कैलाली, धनगढी उपमहानगरपालिका-२ कृष्णनगर बस्ने २४ वर्षीय शिवम साहलाई पनि आइतबार राति १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । साहले उक्त बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले दुवै घटनामा आवश्यक अनुसन्धान गरिरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट