हिंसात्मक घटनाका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ

गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य अभियुक्त दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् । प्रहरीका अनुसार उनलाई पक्राउ गरी नेपाल ल्याउने तयारी भइरहेको छ ।
तीनकुनेमा भएको घटनामा प्रहरीले रोक्न खोज्दा प्रसाईं आफैंले प्रहरीमाथि गाडी चलाएका थिए । त्यसपछि उनी केहीबेरमै सम्पर्कविहीन भए । सो घटनापछि उनी फरार रहेको भन्ने जनाइएको भए पनि प्रसाईंले सामाजिक सञ्जालमार्फत भिडियो सन्देशहरू पोस्ट गर्दै आफू फरार नरहेको दाबी गर्दै आएका थिए ।
यद्यपि सामाजिक सञ्जाल सक्रिय भए पनि उनको वास्तविक स्थानबारे प्रहरीले पत्ता लगाउन नसकेको भन्दै व्यापक आलोचना भएको थियो ।
गत चैत १५ गतेका दिनको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
प्रहरीले प्रसाईंलाई नेपाल ल्याएर कारबाही अघि बढाउने तयारी गरिरहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस