Techie IT
२०८३ जेष्ठ १२, मंगलबार

नक्कली परीक्षार्थी बनेका अस्कल स्ववियु सचिव पक्राउ, प्रहरीले कुट्दै लगाए हत्कडी


अमृत साइन्स क्याम्पस (अस्कल) का स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव गोपालबहादुर शाही नेपाल प्रहरीको जवान पदको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिँदै गरेको अवस्थामा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसपी अपील राज बोहराका अनुसार शाहीलाई आइतबार नयाँ बानेश्वरस्थित रत्नराज्य लक्ष्मी मा.वि.मा भइरहेको लिखित परीक्षाबाट पक्राउ गरिएको हो। उनी कसैको नक्कली परिचयमा परीक्षा दिइरहेका थिए।

शाही गत चैत १० गते सम्पन्न स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानलबाट सचिव पदमा विजयी भएका थिए।

स्थायी घर कालिकोट जिल्लाको गाउँपालिका वडा नम्बर ७ मा रहेका शाहीलाई अहिले आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट