Techie IT
२०८२ वैशाख १९, शुक्रबार

रुपा गाउँपालिकाको न्यायिक समितिमा ९५ मुद्दा


गण्डकी । रुपा गाउँपालिकामा ९५ वटा मुद्दा दर्ता भएका छन् । यो सङ्ख्या पालिका स्थापना भएदेखि हालसम्मको हो । नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण पालिकाले गर्नसक्ने व्यवस्था छ ।

रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङका अनुसार 
पालिकामा आर्थिक वर्ष २०७४/०७५ मा छवटा, आव २०७५/०७६ मा १३ वटा, आव ०७६/७७ मा २२ वटा, आव ०७७/७८ मा २५ वटा, आव ०७८/०७९ मा आठ वटा, आव ०७९/८० मा १२ वटा र आव ०८०/८१ मा नौवटा मुद्दा दर्ता भएका छन् ।

न्यायिक समितिमा सबैभन्दा बढी जग्गा भोगचलनसम्बन्धी ४६ वटा र सम्बन्धविच्छेदका २१ वटा मुद्दाका साथै ज्याला, गाली बेइज्जतीसम्बन्धी मुद्दा छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट