मंगलबार वर्षा हुने सम्भावना छ, तर त्रसित हुनुपर्दैन - मौसम पूर्वानुमान महाशाखा
जल तथा मौसम विज्ञान विभागले आगामी मंगलबारदेखि मुलुकका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि सामाजिक सञ्जालमा फैलाइएका नकारात्मक हल्लाको पछि नलाग्न र त्रसित नहुन सर्वसाधारणसँग अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले केही भागमा वर्षाको सम्भावना रहे तापनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो। सामाजिक सञ्जालमा लगातार सात दिनसम्म भारी वर्षा हुने भन्दै भ्रम फैलाइएका कारण विशेषगरी किसानहरू चिन्तित बनेकाले मौसम प्रणाली परिवर्तनशील रहने हुँदा आधिकारिक सूचनामा मात्र विश्वास गर्न उहाँले आग्रह गर्नुभएको छ।
नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसमी पूर्वानुमान धेरै हदसम्म मिल्ने भए तापनि सात दिनपछिको अवस्था परिवर्तन हुन सक्ने भएकाले आगामी साता हुने वर्षाबारे विभागले छिट्टै थप आधिकारिक विवरण सार्वजनिक गर्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस