Techie IT
२०८२ भाद्र ७, शनिबार

माओवादी नेतृत्वका दुई गाउँपालिका संस्थागत स्वमूल्यांकनमा उत्कृष्ट


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत स्वमूल्यांकन–२०८२ अन्तर्गत माओवादी नेतृत्वका दुई गाउँपालिका क्रमशः पहिलो र दोस्रो भएका छन्।

धादिङको बेनीघाट रोराङ गाउँपालिका पहिलो र गुल्मीको रुरुक्षेत्र गाउँपालिका दोस्रो भएका हुन्। दुवै पालिकाले शासकीय सुधार, सेवा प्रवाह र सामाजिक समावेशीकरणका क्षेत्रमा उल्लेखनीय प्रगति गरेका स्वमूल्यांकन प्रतिवेदनमा उल्लेख छ।

बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर थपलिया ‘विवेक’ र रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा माओवादीका युवा नेता यदु ज्ञवाली रहेका छन्।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस उपलब्धिप्रति खुसी व्यक्त गर्दै जनमुखी शासन र पारदर्शी सेवामा योगदान पुर्‍याएका जनप्रतिनिधिलाई बधाई दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट