जेनजी शहीदका परिवारलाई दुर्गाथली गाउँपालिकाले आर्थिक सहयोग गर्ने

यही भदौ २३ र २४ गते सम्पन्न देशव्यापी जेन–जी (Gen-Z) आन्दोलनको क्रममा बझाङ जिल्ला बाट ज्यान गुमाएका दुर्गाथली निवासी स्व. भीम धामी र खप्तडछान्ना निवासी स्व. सुवास बोहराको परिवारलाई दुर्गाथली गाउँपालिकाले सम्मान स्वरूप आर्थिक सहयोग गर्ने भएको छ ।
आज गाउँपालिका अध्यक्षले जारी सूचनामा ज्यान गुमाएका परिवार जनलाई जनही नगद एक-एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको बताएका छन् । जेनजीको आन्दोलनको क्रममा सुवासले २३ गते बानेश्वरमा ज्यान गुमाएका थिए भने भीम धामीलाई २४ गते कालीमाटीमा प्रहरीको गोली लागेको थियो । भाद्र २८ गते स्व. भीम धामीको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरेका थिए । दुर्गाथली गाउँपालिका अध्यक्ष दिल ब. थापाले राष्ट्रिय झन्डा ओढाएर स्व. धामीको सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस