Techie IT
२०८२ कार्तिक २, आइतबार

काभ्रेमा टिपरमुक्त, देउसी–भैलो पनि राति साढे ९ पछि निषेध


काभ्रेपलाञ्चोकमा तिहार अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबार एक सूचना जारी गर्दै ३ कात्तिक बिहान ५ बजेदेखि ७ कात्तिक बिहान ७ बजेसम्म जिल्लाभित्रका सबै टिपर सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ।

प्रशासनका अनुसार बीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र सम्भावित दुर्घटनालाई न्यून गर्न, साथै सर्वसाधारणको आवागमन सहज बनाउन यस्तो निर्णय गरिएको हो।

सूचनामा भनिएको छ, “निर्धारित अवधिमा टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ उल्लंघन गरेमा कानुन बमोजिम कडा कारबाही गरिनेछ।”

त्यस्तै, प्रशासनले राति साढे ९ बजेदेखि देउसी–भैलो नखेल्न समेत अनुरोध गरेको छ। चाडपर्वमा हुने होहल्ला र झै–झगडाजस्ता गतिविधिले शान्ति सुरक्षामा असर पार्न सक्ने भन्दै यस्तो आग्रह गरिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट