Techie IT
२०८३ असार ११, बिहीबार

मेयर बालेन शाह आज कार्यालयमा अनुपस्थित


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह आज मध्याह्नसम्म पनि कार्यालय पुगेका छैनन्।

सामान्यतया बिहान ९ देखि १० बजेभित्र कार्यालय पुग्ने मेयर शाह आज (मध्याह्न १२ बजेसम्म) कार्यालय नआएको महानगरका एक स्रोतले जानकारी दिएको छ।

“आज मेयर अहिलेसम्म आइपुग्नुभएको छैन। हिजोको बारेमा भने केही थाहा छैन,” स्रोतले भन्यो। शनिबार राति मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘अश्लील’ मानिने शब्दसहितको एउटा स्टाटस लेखेका थिए। उक्त स्टाटसमा उनले अमेरिका, भारत, चीन र नेपालका प्रमुख राजनीतिक दलहरूले पनि केही गर्न नसकेको आशय व्यक्त गरेका थिए।

तर, पोस्ट गरेको केही समयमै उनले उक्त स्टाटस हटाएका थिए। यसलाई लिएर हाल सामाजिक सञ्जालमा उनको आलोचना भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट