Techie IT
२०८३ वैशाख १५, मंगलबार

कर्मचारी र जनप्रतिनिधिको पोषण र जीवनशैली सर्वेक्षण गर्दै काठमाडौं महानगर


काठमाडौं महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहार व्यवहार र जीवनशैलीसम्बन्धी सर्वेक्षण सुरु गरेको छ। कामपाको कृषि तथा पशुपन्छी विभागले यही मंसिर १६ गतेबाट कार्यक्रम शुरु गरेको हो।

सर्वेक्षण आगामी मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ। समय तालिकाअनुसार २१ गतेसम्म कर्मचारी, २२ गते कर्मचारी र जनप्रतिनिधि, तथा २३–२५ गते जनप्रतिनिधिका लागि छुट्याइएको छ। छुटेका सबै सहभागीलाई २६ गते समेटिने जानकारी विभाग प्रमुख नुरनिधि न्यौपानेले दिएका छन्।

न्यौपानेका अनुसार, शहरी जीवन क्रमशः निष्क्रिय बन्दै गएको र मुटु, मधुमेह, क्यान्सर, श्वासप्रश्वाससहितका दीर्घरोगको जोखिम बढेको अवस्थामा स्वास्थ्य र जीवनशैली सुधारका उपाय पहिचान गर्न सर्वेक्षण गरिएको हो। प्राप्त नतिजाले कार्यस्थलमा स्वास्थ्य प्रवर्द्धनका नीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सर्वेक्षणमा सहभागीको उचाइ र तौलका आधारमा बीएमआई (बडी मास इन्डेक्स) मापन गरिनेछ। उमेर र लिङ्गका आधारमा बीआइए (बायोइलेक्ट्रिकल इम्पेन्डेन्स एनालाइसिस) गरेर ‘बडी फ्याट’, ‘भिसेरल फ्याट इन्डेक्स’, ‘फ्याट–फ्री मास’, ‘टोटल बडी वाटर’को प्रोफाइल तयार गरिनेछ। यसमा कामको प्रकृतिअनुसार मोटोपना, रक्तअल्पता र जीवनशैली सम्बन्धी सूचकहरू पनि समावेश हुनेछन्।

सर्वेक्षण अन्तर्गत शारीरिक व्यायाम, कामको तनाव, धुमपान र मद्यपान, सुत्ने समय, डिजिटल ग्याजेटमा बिताउने समय र कार्यस्थल वातावरणसम्बन्धी विवरण सङ्कलन गरिनेछ। साथै मधुमेह र हेमोग्लोबिन परीक्षणबाट रक्तअल्पता जाँच गरिनेछ। खानाको रुचिका आधारमा आहार मूल्याङ्कन र खाद्य समूहको अभिलेखन पनि गरिनेछ।

‘भर्टेक्स फुड्स’का अनुसन्धान व्यवस्थापक प्रतीक निरौलाका अनुसार, स्थानीय स्तरमा उत्पादन भएका खानेकुरामा प्राकृतिक तत्व बढी पाइने र स्वास्थ्यका लागि लाभदायक हुने हुँदा यस्ता खानेकुरा तुलनात्मक रूपमा सस्तो पनि हुन्छ। आफ्नै स्वादअनुसार खानेकुरा तयार पारेर सेवन गर्नाले स्वास्थ्यमा सुधार आउँछ ।

काठमाडौं महानगरपालिकाले कर्मचारी र जनप्रतिनिधि लक्षित यस परीक्षणको नतिजा प्रयोग गरी नागरिकका लागि आहार र जीवनशैली सुधार कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट