दार्चुलामा ९१७ ग्राम चरेससहित दुई युवक पक्राउ
दार्चुलामा प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ सेल्प्यास्थित महाकाली करिडोरमा शंकास्पद रूपमा जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मालिकार्जुन गाउँपालिका–७ डिङ्सीका ३० वर्षीय महेन्द्र सिंह धामी र २८ वर्षीय मधुकर उपाध्याय रहेका छन्। उनीहरू सवार से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक धामीको साथबाट ९१७ ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, उनीहरूको साथबाट १० हजार भारतीय रुपैयाँ र १ हजार ३५० नेपाली रुपैयाँ नगदसमेत बरामद गरिएको छ।
लागुऔषध चरेस, नगद र मोटरसाइकलसहित दुवै जनालाई प्रहरी चौकी जोलजीबीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस