Techie IT
२०८२ पौष २३, बुधबार

अत्यधिक चिसोका कारण कञ्चनपुरका तीन पालिकामा विद्यालय बन्द


केही दिनयता अत्यधिक चिसो बढेसँगै कञ्चनपुरमा जनजीवन कष्टकर बनेको छ। यसै कारण सोमबार यहाँका तीन पालिकाले विद्यालय पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्।

चिसोले बालबालिकाको पढाइमा समस्या उत्पन्न भएपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय बिदा गरेका हुन्। स्थानीयहरूले बालबालिका र वृद्धवृद्धा विशेष प्रभावित भएको बताएका छन्।

बेल्डाँडी गाउँपालिकाले सामुदायिक र संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बन्द रहने जानकारी दिएको छ। बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलका अनुसार अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै पुस २५ गतेसम्म विद्यालय बिदा गरिएको हो।

त्यसैगरी, लालझाडी गाउँपालिकाले सोमबार सूचना जारी गरी मङ्गलबार र बुधबार गरी दुई दिन विद्यालय बन्द रहने निर्णय गरेको छ। लगातारको चिसोले कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासका सबै पालिकामा जनजीवन प्रभावित भएको छ भने बजार क्षेत्रमा पनि चहलपहल घटेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट