घरमै फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह
कैलालीको टीकापुर नगरपालिकाले घरबाट निस्कने फोहरलाई वर्गीकरण गरेर राख्न नगरवासीसँग आग्रह गरेको छ। घरमै फोहर छुट्याएर राख्दा व्यवस्थापन प्रक्रियामा सहजता आउने नगरपालिकाले जनाएको छ।
नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाका अनुसार सबै प्रकारका फोहर एकै ठाउँमा राख्दा व्यवस्थापनमा कठिनाइ हुनुका साथै सरसफाइकर्मीको सुरक्षामा समेत समस्या उत्पन्न हुने गरेको छ। नागरिकलाई घरमै फोहर वर्गीकरण गर्न सिकाउने उद्देश्यले गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रमुख लोकबहादुर बुढाले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस