Techie IT
२०८३ श्रावण २४, आइतबार

बेलौरीका चार विद्यालय बन्द, थप चार विद्यालयको कक्षा घटाइयो


कञ्चनपुरको बेलौरी नगरपालिकाले विद्यार्थी सङ्ख्या र शैक्षिक गुणस्तर खस्कँदै गएपछि नगरभित्रका चारवटा सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन (गाभ्ने) गर्ने र थप चारवटा विद्यालयको कक्षा घटाउने (डाउनसाइजिङ) कडा निर्णय गरेको छ। 

नगरपालिकाले ‘विद्यालय समायोजन, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि–२०८३’ बमोजिम असार २८ गते बसेको कार्यपालिका बैठकबाट यो निर्णय पारित गरेको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार निर्णयबमोजिम अब जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय (बजदिया) मा, वीपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय (टेडुवा) मा, गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय (बुटाबारी) मा र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय (शान्तिपुर) मा पूर्ण रूपमा समायोजन गरिनेछ। 

यसैगरी, हाल कक्षा ५ सम्म सञ्चालन हुँदै आएका शक्ति, शुक्लाफाँटा, कृष्णप्रसाद र सरस्वती आधारभूत विद्यालयमा शैक्षिक पहुँच र स्रोतको अभावका कारण कक्षा घटाएर अब १ देखि ३ सम्म मात्र पठनपाठन सञ्चालन गरिनेछ। 

नगरपालिकाले यो कठोर कदमबाट शैक्षिक स्रोत–साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तरमा सुधार आउने दाबी गरेको छ। हाल बेलौरी नगरपालिकामा १७ वटा आधारभूत विद्यालय, १४ वटा माध्यमिक विद्यालय र दुई वटा सामुदायिक क्याम्पस सञ्चालनमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट