Techie IT
२०८३ असार १८, बिहीबार

मोरङको वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर


मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तुलाराम लुइँटेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। नागरिकता लगायतका सरकारी कागजातहरू सच्याई सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले आज लुइँटेललाई दोषी ठहर गरेको हो।

विशेष अदालतका न्यायाधीशद्वय टेकेन्द्र कुँवर र रितेन्द्र थापाको संयुक्त इजलासले भ्रष्टाचार निवारण ऐन, २०६९ अनुसार वडाध्यक्ष लुइँटेललाई ९ महिना कैद र जरिवाना गर्ने फैसला सुनाएको छ। गलत लिखत तयार गरेको अभियोगमा ऐनको दफा ९ अनुसार १० हजार रुपैयाँ जरिवाना र ३ महिना कैद सजाय तोकिएको छ। साथै, सार्वजनिक सम्पत्ति हानि नोक्सानीको कसुरमा ऐनको दफा १७ अनुसार १ लाख ६० हजार रुपैयाँ जरिवाना र थप ६ महिना कैदको सजाय सुनाइएको छ।

अख्तियारले गत जेठ ३२ गते मुद्दा दायर गरेको थियो, जसमा वडाध्यक्ष लुइँटेलले सरकारी कागजातहरूमा अनियमितता गरी आर्थिक लाभ उठाएको आरोप थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट