लुम्बिनी प्रदेशसभामा आज बैठक बस्दै : प्रज्ञा–प्रतिष्ठान विधेयकदेखि अनुसन्धान प्रतिष्ठानसम्म छलफल हुने
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११:०० बजे बस्दैछ। प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयहरूमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ।
त्यसैगरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा–प्रतिष्ठान विधेयक’को सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।
यस्तै, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ प्रतिवेदनसहित छलफल गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस