Techie IT
२०८३ जेष्ठ २७, बुधबार

लुम्बिनी प्रदेश सभाको बैठक बस्दै: विषादी व्यवस्थापनदेखि दलित अधिकार विधेयकसम्म छलफल हुने


लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। 

प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले ‘प्रदेशमा जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिको प्रतिवेदन पेस गर्नेछन्।

त्यसैगरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ‘दलित अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारितको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै, भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजी प्रसाद घिमिरेले समितिको वार्षिक प्रतिवेदन पनि सभामा पेस गर्ने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट