Techie IT
२०८३ असार ९, मंगलबार

लुम्बिनी प्रदेश सभा वैशाख १७ गतेदेखि सुरु हुने


लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आगामी वैशाख १७ गतेदेखि सुरु हुने भएको छ। प्रदेश सभा सचिवालयले सोमबार जारी गरेको सूचनाअनुसार अधिवेशन बिहीबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।

नेपालको संविधानको धारा १६६ (१) र १८३ (१) बमोजिम प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले अधिवेशन आह्वान गर्नुभएको हो।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम ३ उपनियम (१) अनुसार प्रदेश सभा सदस्यहरूलाई जानकारी गराउने उद्देश्यले सूचना प्रकाशित गरिएको हो।

आगामी अधिवेशनमा प्रदेश सरकारका नीति तथा कार्यक्रम, विभिन्न विधेयकहरू तथा समसामयिक विषयहरूमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट