Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

लगातार अनुपस्थित भएपछि लुम्बिनी प्रदेश सांसद गीता गुरुङ पदमुक्त


लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छन् । जनमत पार्टीबाट प्रदेश सांसद रहेकी गुरुङलाई लगातार अनुपस्थितिका कारण पदमुक्त गरिएको हो ।

बुधबार प्रदेश सभाको बैठकमा सभामुख तुलाराम घर्ती मगरले गुरुङको पद रिक्त भएको औपचारिक जानकारी सभामा गराएका थिए । उनका अनुसार गुरुङले संसदीय दल र प्रदेश सभालाई कुनै सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहँदै आएकी थिइन् ।

सभामुख घर्तीका अनुसार मंगलबार सभामा गुरुङको लगातार अनुपस्थितिको औपचारिक अनुरोध आएको थियो । सो अनुरोधपछि प्रदेश सभाको प्रशासन शाखाले पनि गुरुङ १० वटा बैठकमा निरन्तर अनुपस्थित रहेको प्रतिवेदन बुझाएको थियो ।

संविधानको व्यवस्था अनुसार लगातार १० बैठक अनुपस्थित रहने सांसदको पद स्वतः रिक्त हुने प्रावधान छ । सोहीअनुसार गुरुङको पदमुक्ति घोषणा गरिएको सभामुखले स्पष्ट पारे ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट