Techie IT
२०८२ फागुन १८, सोमबार

रौतहटको राजपुरमा बमजस्तो शंकास्पद वस्तु फेला


File Photo

रौतहटको राजपुर नगरपालिका–५ स्थित पानी ट्याँकी नजिकैको भित्री सडकमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ।

स्थानीय बासिन्दाले सडकमा राखिएको शंकास्पद वस्तु देखेपछि तुरुन्तै सुरक्षाकर्मीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार घटनास्थलमा शंकास्पद वस्तु भेटिएको पुष्टि भएको छ। हाल उक्त क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको छ र सर्वसाधारणलाई आवतजावत नगर्न आग्रह गरिएको छ।

प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको प्रकृति, जोखिम र आवश्यक कारबाहीबारे अनुसन्धान गरिरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट