Techie IT
२०८२ फागुन १८, सोमबार

लेबनानका ५३ गाउँ खाली गर्न इजरायलको आदेश


इरानसँग युद्धरत इजरायलले लेबनानका दर्जनौं गाउँका बासिन्दालाई तत्काल घर छोड्न आदेश दिएको छ।

इजरायली सेनाले दक्षिणी लेबनानका ५३ गाउँ र सहरका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न निर्देशन दिएको हो। प्रभावित क्षेत्रमध्ये बिन्त जबेल सहर पनि समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

समाचारअनुसार इजरायलको पछिल्लो चेतावनीले गाजामा जारी युद्धका क्रममा दिइएको सामूहिक विस्थापन आदेशको झल्को दिएको छ।

यसैबीच इजरायलले दक्षिणी लेबनानका हारिस, नबातीह अल–फव्का र मेफडुन सहरमा हवाई आक्रमण गरेको जनाएको छ।

उत्तरी इजरायलमा रकेट प्रहार भएपछि इजरायली सेनाले हिजबुल्लाहलाई लक्षित गर्दै प्रतिआक्रमण सुरु गरेको दाबी गरेको छ।

क्षेत्रीय तनाव तीव्र बन्दै जाँदा सर्वसाधारणको सुरक्षाप्रति चिन्ता झन् बढेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट