Techie IT
२०८२ असोज ५, आइतबार

टिना बनिन् मिसेस् मङ्गोल नेपाल–२०२५


यस वर्षको मिसेस् मङ्गोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन्। निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तर दिएपछि उनले चाँदीको ताजसहित उपाधि जितेकी हुन्।

ताजसँगै टिनाले सन् २०२६ मा लन्डनमा हुने एनएफइए अवार्डमा सहभागी हुने इन्ट्री प्याकेज पनि प्राप्त गरेकी छन्। प्रतियोगिताको फर्स्ट रनरअपमा संगीता राना मगर र सेकेन्ड रनरअपमा शान्ति गुरुङ घोषित भए।

शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न यो प्रतियोगिता मिसेस् मङ्गोल शृङ्खलाको ११औँ संस्करण हो। हिमायलयन मुभिजद्वारा आयोजित यो राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगितामा मङ्गोलियन समुदायका विवाहित महिलाहरूले सहभागिता जनाएका थिए।

दशक लामो अनुभव भएकी फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दर्जनभन्दा बढी प्रतियोगीहरूले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र स्टेज प्रस्तुतीकरणका साथै आफ्नो सांस्कृतिक मूल्य–मान्यताबारे तालिम प्राप्त गरेका थिए। कोरियोग्राफर सुब्बाको निर्देशनमा प्रतियोगीहरूले ओपनिङ, डान्स र आ–आफ्नो जातीय नृत्य प्रस्तुत गर्दै सांस्कृतिक परिधानमा झिलिमिली बनेका थिए।

आधुनिक परिवेशलाई प्रतिबिम्बित गर्ने फ्युजन थिममा बेस्ट ड्रेस, इभिनिङ गाउन र सांस्कृतिक प्रस्तुति मार्फत प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रदर्शन गरे। कार्यक्रमलाई पप गायक धिरज राईको प्रस्तुतीले थप आकर्षक बनायो। अधिकांश दर्शक पनि परम्परागत पोसाकमा सहभागी हुँदा वातावरण अझ रौनकिलो बनेको थियो।

विभिन्न उपाधिमा टिना आले कवर मगर मोस्ट इन्टिलिजेन्ट र बेस्ट ड्रेस, मौसमी गुरुङ मोस्ट डाइनामिक तथा बेस्ट मल्टिमिडिया विनर, संगीता राना मगर मोस्ट कन्फिडेन्ट, शान्ति गुरुङ मोस्ट प्यासोनेट, धनु लिम्बु बेस्ट ट्यालेन्ट, सजिना तामाङ बेस्ट फोटोजेनिक, सृजनादेवी श्रेष्ठ मोस्ट डिसेन्ट, भावना घले मोस्ट एक्टिभ, प्रियतम सुब्बा मोस्ट ग्रेसफुल, सरीता श्रेष्ठ मोस्ट डेडीकेटेड, अनिता राई मोस्ट डिलिजेन्ट, लक्षिता गुरुङ मोस्ट स्मार्ट, र सिता गुरुङ मोस्ट डिलाइटफुल तथा मोस्ट पपुलर विनर घोषित भए।

निर्णायक मण्डलमा अभिनेता तथा चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस् हिमालयन नेपाल २०१४ अनिता गुरुङ, मिसेस् मङ्गोल नेपाल २०२२ एवं सौन्दर्यकर्मी सम्झना तामाङ, र मिसेस् ग्लोबल नेपाल २०२५ तथा बैंकर इन्दिरा घिमिरे रहेका थिए।

मङ्गोलियन समुदायको लोपोन्मुख कला, संस्कृति, भेषभूषा र भाषाको संरक्षण गर्दै आधुनिक समयमा यसको प्रवर्द्धन तथा महिलाको क्षमता र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट