Techie IT
२०८३ जेष्ठ ५, मंगलबार

गायक पशुपति शर्माको अनुरोध – विदेशका कार्यक्रममा जाँदा सोचेर बुझेर जानुहोस्


चर्चित लोकगायक पशुपति शर्माले हाल विदेशमा आयोजना भइरहेका सांगीतिक कार्यक्रमबारे कलाकारहरूलाई सचेत रहन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै उनले हाल चर्चामा रहेका केही कार्यक्रममा आफूले एग्रिमेन्टपछि पनि समस्या देखिएकाले रद्द गरेको जानकारी दिएका छन्।
उनले लेखेका छन्, “विदेश कार्यक्रम जाँदा सोचेर बुझेर जाऊ न कलाकार साथीहरू। अहिले चर्चा भएका केही कार्यक्रम मैले एग्रिमेन्ट भइसकेपछि पनि समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ।”

शर्माले आफ्नो अनुभवबाट अन्य कलाकारहरूलाई सावधानी अपनाउन आग्रह गर्दै विदेशमा हुने सांगीतिक कार्यक्रमहरूमा व्यावसायिक र कानुनी स्पष्टता कायम गर्नुपर्नेमा जोड दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट