Techie IT
२०८३ असार २७, शनिबार

बलिउड अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको निधन


बलिउडकी चर्चित अभिनेत्री तथा गायिका सुलक्षणा पण्डितको ७१ वर्षको उमेरमा निधन भएको छ। बिहीबार राति मुम्बईको नानावटी अस्पतालमा हृदयघातका कारण उनको मृत्यु भएको हो। उनका भाइ ललित पण्डितले बीबीसी हिन्दीलाई जानकारी दिएका छन्।

सन् १९७० र १९८० को दशकमा अभिनय र गायन दुवै क्षेत्रमा लोकप्रिय सुलक्षणाले सन् १९७५ को फिल्म ‘उल्झन’ बाट नायिकाको रूपमा अभिनय यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले सङ्कोच, हेरा फेरि, अपनपन, खानदान, धर्म कान्ता, चेहरे पे चेहरा र वक्त की दिवार लगायतका फिल्ममा अभिनय गरेकी थिइन्।

उनले सञ्जीवकुमार, जितेन्द्र, राजेश खन्ना, शशि कपूर, विनोद खन्ना र शत्रुघ्न सिन्हा जस्ता चर्चित अभिनेतासँग पनि काम गरेकी थिइन्।

सुलक्षणाले बाल गायिकाको रूपमा सन् १९६७ को फिल्म ‘तकदीर’ मा लता मंगेशकरसँग गीत गाएर गायन यात्रा सुरु गरेकी थिइन्। पछि पार्श्व गायिकाको रूपमा उनले किशोर कुमार, मोहम्मद रफी, शैलेन्द्र, येसुदास, महेन्द्र कपूर र उदित नारायणलगायतका चर्चित गायकहरूसँग गीत गाइन्।

हिन्दीसँगै उनले बंगाली, उडिया, गुजराती र मराठी भाषाका गीतहरूमा पनि आफ्नो आवाज दिएकी थिइन्। सुलक्षणा पण्डितको अन्तिम संस्कार शुक्रबार दिउँसो १२ बजे मुम्बईमा गरिने बताइएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट