Techie IT
२०८२ मंसिर २०, शनिबार

हलिउड निर्देशक जेम्स क्यामरुनको अवतार फायर एन्ड एस प्रदर्शनको तयारी


हलिउडका चर्चित निर्देशक जेम्स क्यामरुनको बहुप्रतिक्षित फिल्म ‘अवतार: फायर एन्ड एस’ प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ। यस वर्षको सबैभन्दा ठूलो मानिएको यस चलचित्रको काउन्टडाउन तीव्र बन्दै जाँदा फिल्म र यसको पात्रहरू चर्चाको केन्द्रमा रहेका छन्।

यसैक्रममा अत्यधिक चर्चित बनेको नाम हो वरङ्ग। उनी केवल नयाँ पात्र मात्र होइनन्, फिल्म वरपरको रहस्य, रोमाञ्च र उत्सुकताको मुख्य केन्द्रबिन्दु बनिसकेकी छन्।

फिल्ममार्फत दर्शकहरूले पहिलोपटक पान्डोराको गहिराइमा रहेको नयाँ सभ्यता ‘मङ्गक्वान’ (एस पिपल) सँग परिचय पाउनेछन्। कठोर जीवन, संघर्ष र निरन्तर पीडाबाट गुज्रिएको यो समुदाय कथाको मुख्य मोडको रूपमा प्रस्तुत हुनेछ।

उनको पात्रले ‘अवतार’ गाथाको भावनात्मक गहिराइलाई नयाँ स्तरमा पुर्‍याउने अपेक्षा छ।

वरङ्गको भूमिकालाई जीवन्त बनाएकी छिन् महान् कलाकार चार्ली च्याप्लिनकी नातिनी उना च्याप्लिनले। उनलाई विरोधी पात्र मात्र नभई, कथालाई दिशा दिने ‘प्राकृतिक शक्ति’ का रूपमा प्रस्तुत गरिएको छ।

छायाङ्कनका क्रममा उना च्याप्लिनले वरङ्गको उग्रता र भावनात्मक तीव्रतालाई उतार्न विशेष संगीत, वातावरण तथा प्रतीकात्मक वस्तुहरूको प्रयोग गरेकी थिइन्। प्रारम्भिक प्रतिक्रियाले उनको अभिनय यस फ्रेन्चाइजका सबैभन्दा शक्तिशाली प्रदर्शनमध्ये एक हुने संकेत गरेका छन्।

ओमाटिकाया र मेटकायना कबीलासँग तुलना गर्दा मङ्गक्वान समुदाय परिस्थितिगत पीडाले थिलथिलो परेको देखिन्छ। लगातारको दु:ख र निराशाले उनीहरू पान्डोराको संरक्षक शक्ति ‘एवा’ बाट टाढािएका छन्, जसले कथामा महत्वपूर्ण भावनात्मक द्वन्द्व सिर्जना गर्छ।

फिल्मको प्रारम्भिक समीक्षाहरूले यसलाई साहसी, भावनात्मक र प्रभावशाली भनेर प्रशंसा गरिरहेका छन्। यही कारण वरङ्गलाई यस वर्षको सबैभन्दा चर्चित र शक्तिशाली पात्रका रूपमा हेरिँदै छ।

‘अवतार: फायर एन्ड ऐस’ डिसेम्बर १९ देखि अङ्ग्रेजी, हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नडसहित विश्वभर प्रदर्शनमा आउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट