Techie IT
२०८२ पौष २७, आइतबार

विष्णु माझीको स्वरमा ‘दुधै फाटेसी’ पुनः सार्वजनिक


नेपाली लोकगीत संगीतकी चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘दुधै फाटेसी’ सार्वजनिक भएको छ। राजनराज शिवाकोटीको शब्द र संगीतमा तयार भएको गीतमा विष्णु माझीलाई स्वयं राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन्। गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्।

यो गीत केही वर्षअघि सार्वजनिक भइसकेको गीतको नयाँ संस्करण हो। पुरानो भर्सनमा विष्णु माझी र राजु परियारको स्वर रहेको थियो भने एरेन्ज बीबी अनुरागीले गरेका थिए। यसपटक राजनराज शिवाकोटीले गीतलाई नयाँ शैली र स्वादमा पुनः तयार पारेर बजारमा ल्याएका हुन्।

गीतको भिडियो मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा निर्माण गरिएको छ। भिडियोमा राजनराज शिवाकोटी, सुनिशा बजगाईं, प्रभात पल ठकुरी र जुना विश्वकर्माको अभिनय देख्न सकिन्छ। पवन सुस्लिङ्गले भिडियोको छायांकन तथा सम्पादन गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट