Techie IT
२०८२ चैत्र ११, बुधबार

पूर्वपश्चिम राजमार्ग आज १ बजे सम्म बन्द हुने

भासिएको स्थानमा मर्मतका लागि मङ्गलबार दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जनाएका छन् ।


साभारः सामाजिक संजाल

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं. २ स्थित दाउन्ने बजार  खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ। नवलपुरको दाउन्नेमा गए राति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो। भासिएको स्थानमा मर्मतका लागि मङ्गलबार दिउँसो १:०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले बताए।  यो बाटो भएर यात्रा गर्ने यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरिएको नायब परीक्षक पौडेलले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट