Techie IT
२०८३ जेष्ठ १३, बुधबार

यस्तो छ दसैंको टीकाको दिन मौसम


दसैंको टीकाको दिन शनिबार, कोशी प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी क्षेत्रका केही स्थानमा, र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

शनिबार रातिको मौसम
शनिबार राति देशभरका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका केही स्थानमा तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान गरिएको छ।

दसैंको अवसरमा यात्रा गर्नेहरूको लागि सम्भावित हल्का वर्षा र मौसममा बदली हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सल्लाह दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट