Techie IT
२०८२ भाद्र ३१, मंगलबार

बाढीले क्षति पुर्याएको झोलुङ्गे पुल पुनः सञ्चालनमा, चाडपर्वमा राहत


गोरखा, २५ असोज,

त्रिशूली नदीमा आएको बाढीले क्षति पु¥याएको झोलुङ्गे पुल मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङटार र चितवनको इच्छाकामना गाउँपालिका–४, चरेस जोड्ने त्रिशूली नदी माथिको झोलुङ्गे पुल झन्डै दुई सातापछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याइएको हो।

सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापामगरका अनुसार, चाडबाडको समयमा स्थानीयवासीलाई आवागमनमा समस्या परेकोले गाउँपालिकाले क्षतिग्रस्त पुलको मर्मतका लागि आवश्यक सामग्री खरिद गरिसकेको थियो। उनले भने, “सस्पेन्सन ब्रिज डिभिजन काठमाडौँबाट आएको इन्जिनियरसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको मर्मत कार्य सम्पन्न गरेको छ।”

पुलको मर्मतपछि नागरिकलाई पुलबाट आवागमन गर्न सहज भएको अध्यक्ष थापा मगरले जनाए। उनले थपे, “बाढीले पुलको लट्ठामा क्षति पु¥याएको थियो। टाइफर मेसिनको प्रयोग गरेर पुलको लट्ठा तानेर पुलको छेउछाउमा जाली भरेर आवतजावत गर्न मिल्नेगरी पुल सञ्चालन गरिएको छ।”

उक्त झोलुङ्गे पुलको कुल लम्बाइ १६१ मिटर रहेको छ र यहीँ असोज ११ गते त्रिशूली नदीमा आएको बाढीले यसलाई क्षति पु¥याएको थियो। मर्मत गरिएको पुलमा मोटरसाइकल सञ्चालन नगर्न स्थानीयलाई सचेत गराइएको छ।

गाउँपालिकाका अध्यक्ष थापा मगरले भनेका छन् कि मर्मत कार्यले स्थानीयको जीवनस्तरमा सकारात्मक प्रभाव पर्नेछ, जसले गर्दा चाडपर्वको समयमा आवागमनमा समस्या नआउने विश्वास व्यक्त गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट