Techie IT
२०८३ भाद्र १६, मंगलबार

यू-१९ वुमन्स टी-२० वर्ल्ड कप तयारी: नेपालले यी खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो


काठमाडौं, २८ असोज । आगामी नोभेम्बरमा आयोजना हुने यू-१९ वुमन्स टी-२० वर्ल्ड कप एशिया क्वालिफायर प्रतियोगिताको तयारीस्वरूप नेपाल क्रिकेट संघ (क्यान) ले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराउने भएको छ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार आईसीसीको कार्यक्रम अनुरूप आयोजना हुने यस क्वालिफायर प्रतियोगिताका लागि छनोट गरिएका खेलाडीहरूको बन्द प्रशिक्षण ३० असोजदेखि भैरहवामा सुरु हुनेछ। टोलीलाई आवश्यक तयारी गराई प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गराउने उद्देश्यले यो प्रशिक्षण कार्यक्रम सुरु गरिएको हो।

छनोटमा परेका खेलाडीहरूमा मनिषा कुमारी उपाध्याय, एलिसा कुमारी यादव, आश्मा पुलामी मगर, कुसुम गोदार, सना प्रविन, पूजा महतो, सावित्री धामी, कृश्मा गुरुङ, र ज्योत्स्निका मरासिनी रहेका छन्। यस्तै, अन्य खेलाडीहरूमा स्नेहा महरा, सोनी पाख्रीन, भवानी कामती, सिमान केसी, रिया शर्मा, रचना चौधरी, तृष्णा विक, किरण कुमारी कुँवर, र रन्जु श्रेष्ठ पनि समावेश छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट