Techie IT
२०८२ मंसिर २, मंगलबार

तीन अन्तर्राष्ट्रिय उडानमा बमको धम्की, सुरक्षा जाँच जारी


File photo

सोमबार मुम्बईबाट उडेका तीन अन्तर्राष्ट्रिय उडानहरूमा बम रहेको धम्की आएपछि विमानहरूलाई आइसोलेसनमा राखेर सुरक्षा जाँच भइरहेको छ।

एयर इन्डियाको पहिलो उडान, मुम्बईबाट न्यूयोर्क जाँदै गर्दा बमको सूचना प्राप्त भएपछि विमानलाई दिल्लीतर्फ मोडेर इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइयो। विमानमा २३९ यात्रु सवार छन् र सुरक्षा मापदण्ड अनुरूप अहिले विमानलाई पार्क गरिएको छ।

दोस्रो उडान, इन्डिगोको ६ई-१२७५ मुम्बईबाट मस्कट जाँदै थियो भने तेस्रो उडान इन्डिगोको ६ई ५६ मुम्बईबाट जेद्दा जाँदै थियो। यी दुवै उडानलाई पनि आइसोलेसन बेमा राखेर परीक्षण गरिँदैछ। यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सबै यात्रुलाई विमानबाट बाहिर निकालिएको छ।

यसका साथै, मुम्बई-हावडा मेल रेललाई पनि बम विस्फोटको धम्की दिइएको थियो। यद्यपि, सुरक्षाकर्मीहरूले छानबिन गरेपछि रेललाई गन्तव्यतर्फ पठाइएको छ।

पछिल्लो पाँच दिनमा यो दोस्रोपटक बमको धम्कीको घटना हो। अक्टोबर ९ मा, लण्डनबाट दिल्लीका लागि उडेको भिस्तारा एयरलाइन्सको युके १८ उडानमा पनि बम भएको सूचना आएको थियो।

उक्त घटनामा, एक यात्रुले विमानको शौचालयमा धम्कीपूर्ण सन्देश लेखिएको टिस्यु पेपर देखेका थिए र चालक दललाई जानकारी दिएका थिए। यस घटनामा सुरक्षा जाँचका कारण ३०० यात्रुहरू पाँच घण्टासम्म विमानस्थलमा अलपत्र परेका थिए।

सुरक्षा संवेदनशीलता लाई ध्यानमा राख्दै भारतीय विमानस्थल प्रशासनले सबै आवश्यक मापदण्डहरू अपनाएको छ र थप जाँचपछि मात्र उडानहरूलाई अनुमति दिइने जनाएको छ  ।

 

ऐजेन्सीको सहयोगमा 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट