Techie IT
२०८३ जेष्ठ ४, सोमबार

सिरहामा गागन खोलाको किनारमा युवकको शव फेला


सांकेतिक

सिरहाः  सिरहामा एक युवकको शव फेला परेको छ। सिरहाको सुखीपुर नगरपालिका–१० स्थित लालसैया दुर्गा मन्दिरदेखि पूर्वमा रहेको गागन खोलाको किनारमा सोमबार अपराह्न अन्दाजी २० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो।

प्रहरीका अनुसार शवको पहिचान अझै खुल्न सकेको छैन। घटनाको कारण र मृतकको पहिचानबारे अनुसन्धान भइरहेको छ। शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ।

घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेपछि स्थानीय बासिन्दासँग पनि जानकारी संकलन भइरहेको प्रहरीले बताएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट