Techie IT
२०८२ मंसिर २, मंगलबार

फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने


File Photo

फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउन अर्को वर्षसम्ममा नयाँ अध्यागमन कानुन ल्याउने योजना बनाएको छ। सरकारी प्रवक्ता माउड ब्रेजनले प्रसारक बीएफएमटिभीसँग आइतबार कुरा गर्दै फ्रान्समा आप्रवासन नीति परिमार्जन आवश्यक भएको र प्रधानमन्त्री मिचेल बार्नियरले सन् २०२५ को सुरुमा नयाँ विधेयक संसदमा प्रस्तुत गर्ने योजना रहेको बताउनुभयो।

नयाँ कानून प्रस्तावले त्रिशंकु संसदको कारणले फ्रान्सको राष्ट्रिय असेंब्लीको तल्लो सदनमा नयाँ तनावको संकेत दिएको छ। राष्ट्रपति म्याक्रोँको पुनर्जागरण पार्टीका नेता गेब्रियल अट्टलले आप्रवासन नीतिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिँदै नयाँ कानुनको आवश्यकता हाल ‘पूर्ण प्राथमिकता’ नभएको बताउनुभएको छ।

संसदमा दक्षिणपन्थी नेसनल ¥याली पार्टीका नेता जोर्डन बर्डेलाले भने नयाँ प्रस्तावलाई स्वागत गर्दै संसद्मा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभएको छ।

गत सेप्टेम्बरमा पेरिसमा एक छात्राको बलात्कार र हत्या प्रकरणमा मोरक्कोका एक व्यक्तिलाई आरोप लगाइएको घटनाले फ्रान्सको आप्रवासन बहसलाई झन् चर्काएको थियो, जसले गर्दा कानुनमा सुधार आवश्यक भएको सरकारको भनाइ छ।

पेरिस, २८ असोज (रासस/एएफपी)



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट