गाउँ मासेर बनेको शहरको के काम ?

आज काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजाल फेसबुकमा कविता पोष्ट गर्दै गाउँ मासेर बनेको शहरको के काम ? भन्ने आशयको कविता शेयर गरेका छन् । उनको कविता यस्तो छः-
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
तपाईको प्रतिक्रिया दिनुहोस