Techie IT
२०८२ भाद्र ३०, सोमबार

राष्ट्रपति पौडेल सुर्खेतमा


सुर्खेत, ३० असोज : बडीमालिका जाने क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइ पुग्नुभएको छ । आज अपराह्न यहाँ आइपुग्नु भएका राष्ट्रपति पौडेललाई कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेस उपसभापतिसमेत रहनु भएका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले स्वागत गर्नुभएको थियो ।     
    
प्रदेश प्रमुख र मुख्यमन्त्री सँगको स्वागत भेटपछि राष्ट्रपति पौडेलले सुर्खेतमा शुभेच्छुकसँग भेटघाट गर्नुभएको थियो । उहाँ बिहीबार बिहान बडीमालिका तर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ । त्यहाँ बडीमालिका दर्शनका साथै बाजुरा स्थित नाट्यश्वरी मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भ्रमण टोलीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेसमेत हुनुहुन्छ । राष्ट्रपति बिहीबार नै काठमाडौँ फर्किनुहुनेछ ।     
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट