Techie IT
२०८३ कार्तिक १५, शनिबार

विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै


आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् । उक्त प्रतियोगितामा सहभागिता जनाउनका लागि त्यसतर्फ जान लागेका उनलाई अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्नेछन् ।

 यसअघि अमेरिकामा नै भएको आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार गरेको थियो । आइसिसी विश्वकप क्रिकेट लिग–दुईको त्रिकोणात्मक शृङ्खला यही कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा आयोजना हुँदैछ । शृङ्खलामा अमेरिका, नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

 नेपालले आफ्नो पहिलो खेल यही कात्तिक ११ गते अमेरिकासँग खेल्नेछ भने दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेल कात्तिक १७ गते अमेरिकासँग र चौथो खेल कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्ने तालिका छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट