Techie IT
२०८२ कार्तिक ३०, आइतबार

साम्बा नेपाल फर्कंदै: साफ च्याम्पियनसिपमा नयाँ ऊर्जा ल्याउन तयार

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी "साम्बा" आज फ्रान्सबाट नेपालफर्किँदै छन्।


नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी "साम्बा" आज फ्रान्सबाट नेपालफर्किँदै छन्। काठमाडौंमा जारीसाफ महिला च्याम्पियनसिपमा सहभागी हुन उनी ढिलोगरी फर्किन लागेकी हुन्। एन्फाले जानकारी दिएको अनुसार, साम्बा आज राती काठमाडौंमापुग्नेछिन्।

साम्बाको अनुपस्थितिमा नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध खेलिसकेकोछ। उक्त खेलमा नेपालगोलरहित बराबरीमा रोकिएको थियो, जसमा साम्बाको अनुपस्थितिलेमहत्वपूर्ण भूमिका खेलेको थियो।

साम्बा फ्रेन्च महिला लिगमा इएन अभान्ट गुईग्याम्पबाटखेलिरहेकी छन्, तर क्लबलेउनलाई रिलीज नगरेको थियो। भुटानविरुद्धको खेल फिफा विन्डोमानपरेको कारण उनी क्लबबाटछोडिएको थिइनन्।

गुईग्याम्पले यस सिजन जितहासिल गर्न नसकेको अवस्थामासाम्बाको भूमिका महत्त्वपूर्ण रहेको कारण क्लबले उनलाईरोकेको थियो। गुईग्याम्पले गएराती स्ट्रासवर्गविरुद्ध ३-२ कोजित हासिल गर्दा साम्बाले पहिलो गोल गरेकी थिइन्, जुन यस सिजनको पहिलोजितसमेत थियो।

जारी साफ च्याम्पियनसिपमा नेपाललेअर्को खेल सोमबार माल्दिभ्ससँगखेल्ने तालिका बनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट