अवैध लागूऔषधसहित २१ जनाको पक्राउ

आज अवैध लागू औषधको कारोबार गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट २१ जनालाई पक्राउ गरेको छ।
भक्तपुरको मध्यपुरठिमी नगरपालिका-४ राधेराधेस्थित द टाउन किचेन रेष्टुरेन्ट नजिक १ किलोग्राम ९ सय ८० ग्राम गाँजा सहित २४ वर्षीय सुरेन्द्र तामाङ र अन्य ४ जनालाई पक्राउ गरिएको हो।
उदयपुरको बेलका नगरपालिका-९ पुष्पाञ्जली टोलस्थित सडकबाट १ ग्राम ४७ मिलिग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको छ।
सर्लाहीको बागमती नगरपालिका-१२ भरत ताल जाने सडकमा ६ किलोग्राम गाँजा सहित ४२ वर्षीय राम अयोध्या मुखियालाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ भन्सार नजिक ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित २१ वर्षीय निराजन ताम्राकार र २७ वर्षीय बसन्त चौधरीलाई पनि पक्राउ गरिएको छ।
सुनसरीको धरान उपमहानगरपालिका-७ र १५ बाट ८ सय ५५ क्याप्सुल ट्रामाडोल र अन्य अवैध पदार्थसहित ६ जनालाई पक्राउ गरिएको छ।
मोरङको रतुवामाई नगरपालिका-२ डोरियाबाट ५ जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ।
प्रहरीले पक्राउ गरिएका सबैको अनुसन्धान जारी रहेको जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस