Techie IT
२०८२ जेष्ठ १, बुधबार

महसुल नबुझाउने ४९ उद्योगको लाइन काटियो, कुलमान आक्रमक रुपमा प्रस्तुत


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगको डेडिकेटेड र ट्रंकलाइन विद्युत् सेवा कटौती गरेको छ। यी उद्योगहरूले प्राधिकरणलाई समयमा महसुल नबुझाएको भन्दै विद्युत् सेवा रोकिएको हो। 

प्राधिकरणले यसअघि ९० दिनको समयसीमा दिँदै महसुल बुझाउनका लागि औपचारिक पत्राचार गरेको थियो, तर निर्धारित म्याद आज सकिएपछि कारबाही स्वरूप लाइन काटिएको छ ।

महसुल नबुझाएका उद्योगहरूमाथि कारबाही
प्राधिकरण स्रोतका अनुसार, तोकिएको समयमा पनि महसुल नबुझाएपछि सबै उद्योगहरूको विद्युत् लाइन काट्ने निर्णय गरिएको छ। उद्योगहरूले डेडिकेटेड र ट्रंकलाइन जस्ता विशेष सेवाहरू प्रयोग गरेकाले तिर्नुपर्ने महसुल उल्लेख्य रहेको थियो। महसुल बुझाउने बारे पटक-पटक चेतावनी दिइए पनि अटेर गरेपछि प्राधिकरणले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

आज बिहान प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा उद्योगहरूको विद्युत् सेवा काट्ने विषयमा छलफल भएको थियो। बैठकमा ऊर्जामन्त्री दीपक खड्काले महसुल नबुझाए पनि उद्योगहरूको लाइन काट्न नहुने धारणा व्यक्त गरेका थिए। उनले उद्योगहरूको उत्पादन र रोजगारीलाई असर पुर्याउन नहुने तर्क गर्दै महसुल उठाउने वैकल्पिक उपाय खोज्नुपर्ने बताइरहेका थिए।

तर, बैठकले महसुल नबुझाउने उद्योगहरूको विषयमा ठोस निर्णय लिन नसक्दा, प्राधिकरणले यसअघि दिएको समयसीमा समाप्त भएपछि उद्योगहरूको लाइन काट्ने निर्णय कार्यान्वयन गरेको हो।

कुलमान घिसिङको अडान
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ भने महसुल नबुझाएका उद्योगहरूको लाइन काट्नुपर्ने पक्षमा दृढ रहेका थिए । उनका अनुसार डेडिकेटेड र ट्रंकलाइन सेवा महँगो र विशेष सेवा भएकाले, यसमा महसुल तिर्नुपर्ने जिम्मेवारी अझ बढी हुन्छ । उनले महसुल नतिर्ने उद्योगहरूलाई समयमै सचेत गराइसकेको भन्दै, नियमको पालना नगर्ने उद्योगहरूले नतिजा भोग्नुपर्ने स्पष्ट पारेका छन्। 

महसुल नबुझाउने उद्योगहरूको लाइन काटेपछि उनीहरूको उत्पादन र व्यवसायमा नकारात्मक प्रभाव पर्ने  छ। यस निर्णयले अन्य उद्योगहरूलाई पनि महसुल तिर्ने दायित्वप्रति जिम्मेवार बनाउन सन्देश दिने प्राधिकरणको विश्वास छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट