सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, यातायात ठप्प
पाल्पा, असार १० गते । शनिबार दिउँसो सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा खसेको सुख्खा पहिरोले पाल्पा-बुटवल सडक अवरुद्ध भएको हो। ठूला ढुंगासहित खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका हवल्दार नवीन भण्डारीले जानकारी दिए ।
सिद्धबाबा सुरुङ मार्गको दुईवटा मेसिनले पहिरो हटाउन सुरु गरे पनि ढुंगासहितको पहिरो ठूलो भएको हुँदा सडक सञ्चालनमा ल्याउन चार/पाँच घण्टा लाग्ने भएको छ । सडक अवरुद्ध हुँदा दुबै तर्फका सवारीसाधन बाटोमै रोकिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस