Techie IT
२०८२ चैत्र ५, बिहीबार

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वप्रसिद्ध वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्।


संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वप्रसिद्ध वैज्ञानिक प्राध्यापक विङडिङलाई सम्मान गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको सक्रियतामा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यसम्बन्धी १६ देशका वैज्ञानिकहरूको सहभागितामा काठमाडौमा आयोजित गोष्ठीको समापनमा मन्त्री पाण्डेले उनलाई अभिनन्दन गरेका हुन्।
 

मन्त्री पाण्डेले गोष्ठीमा जलवायु परिवर्तन, ऊर्जा र स्वास्थ्यका समस्याहरूको समाधान र पर्यटन प्रवर्द्धनका विषयमा गुणस्तरीय छलफल भएकोमा कृतज्ञता व्यक्त गरे। उनले नेपाल र चीनबीचको पुरानो आदान–प्रदानको इतिहासलाई सम्झाउँदै चौथो शताब्दीमा बौद्ध भिक्षु फाहियानको नेपाल आगमन र लुम्बिनीको इतिहासको उत्खननमा गरिएको अतुलनीय योगदानको पनि उल्लेख गरे।
 

मन्त्री पाण्डेले सुदूरपश्चिम विश्वविद्यालयलाई नेपालको विकासको अनुसन्धान केन्द्रको रूपमा स्थापित गर्न चिनियाँ विश्वविद्यालय र सरकारसँग सहयोग गर्न अनुरोध गरे। साथै, उनले कोरियाली र चिनिया नागरिकलगायत अन्य सहभागीहरूलाई नेपालको प्राकृतिक र सांस्कृतिक धरोहरलाई अनुभव गर्न नेपाल भ्रमण गर्न पनि आमन्त्रित गरे।
 

कार्यक्रममा प्राध्यापक विङडिङले नेपालीहरूलाई आत्मीय र सहयोगी बताए र नेपाली विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा आफ्नो साथमा लिने इच्छा व्यक्त गरे। उनका मातहतमा ११४ जना विद्यार्थी विद्यावारिधि गर्दै छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट